जोगिन्दरको गाइजात्रे कोसेली ‘गठबन्धन’



काठमाडौँ। ‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका छन् ।

देशको सामाजिक, राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रसिया युद्ध लगायत निकै मार्मिक विषयहरु उनले यो बर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेटेका छन् । भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

भरपूर प्रहसन समेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन् । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसी लगायतलाई व्यङ्ग्यको बिषयमा समेटेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.