समुन्द्रको ‘गुलाबी’ मा नाजीर अनुबन्धित



काठमाडौँ। निर्देशक समुन्द्र भट्टको निर्देशन अनि दि स्काइ ओसनको प्रस्तुतिमा ‘गुलाबी’ नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्रको प्रमुख भूमिकामा नाजीर हुसेन अनुबन्धीत भएका छन । विशाल पहाडीको पनि अभिनय रहने चलचित्रका अन्य कलाकारको चयन अडिसनबाट गरिने छ । भदौ तेश्रो साताबाट छायांकन थालीने ‘गुलाबी’ आलोक शुक्लाले खिच्नेछन् ।

निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच अनुबन्धन सम्झौतामा हस्ताक्षर भएको छ । नाजिरले पारलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको जोडीको खोजी भइरहेको छ । चलचित्रको पटकथा नाजिर र निर्देशक भट्टले मिलेर लेखेका हुन् ।