सुगम पोखरेलको नयाँ एल्बम ‘सुगम song गित’ तयार,अब छिट्टै बजारमा


sugam pokhrel 2 cbn
(सेलिब्रेटी नेपाल) १४-असार-पाँच बर्षको अन्तरालमा सुगम पोखरेलको नयाँ एल्बम सुगम song गित अब छिट्टै बजारमा आउने भएको छ। एल्बममा नयाँ ८ वटा गीत हरु समाबेश गरिएको छ। एल्बमका सबै गीत हरुमा सुगम पोखरेलको स्वर तथा संगीत रहेको छ। केहि गीत हरुमा शब्द पनि सुगम कै रहेको छ । सुगम का अलावा भुपेन्द्र खड्का,चट्याङ्ग मास्टरको शब्द समाबेश गरियको छ। सुगमको पहिलो एल्बम शुन्य र दोस्रो एल्बम हाइवे को जस्तै सुगमको आफ्नै प्याटनका गीतहरु समाबेश गरिएको सुगमले बताए। आफ्नै प्याटन भए पनि यो एल्बममा जीवन र दर्शनका गीतहरु पनि समाबेश गरिएको छ अब आफ्नो उमेर पनि माथि चढ्दै गर्दा सँधै माया प्रितिका गीतहरु मात्रमा सिमित रहनु पनि भएन भन्दै सुगमले आफु अब अलि पाको उमेर भएको आभास दिलाए।

अहिलेको सांगीतिक बजारमा चलिरहेको ट्रेन अनुसार नै सुगमले पनि आफ्नै कम्पनि दर्ता गरेर बजार ब्यबस्थापनको कार्यको पनि थालनी गरेका छन्। अहिले बजारमा गीत संगीतको श्रोता नभएका होइनन् तर प्रबिधि मात्र फरक भएको हो पहिलो एल्बमको क्यासेट करिब दुइ लाख प्रति बिकेको थियो भने अहिले छैठौं एल्बममा आई पुग्दा अडियो क्यासेट नै लोप भई सकेको छ। श्रोता हरु पनि अब डिजिटल भई सकेका छन्।

यस एल्बममा समाबेश गीत मध्ये हाम्रो सानो घर हुनेछ र एउटइ घाम बोलको गीतको भिडियो तयार भई सकेको छ भने अर्को एक गीतको भिडियो बन्ने तयारी भई रहेको छ । अब यो एल्बम सार्बजनिक भए पश्चात सुगमले अस्ट्रेलियाको यात्रा गर्ने छन्। अस्ट्रेलियामा सांगीतिक कार्यक्रमको लागि सुगम जाने भएका हुन्।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.