संचालनमा आयो फ्लिकर आर्टस,चलचित्रको सम्पूर्ण काम एकै ठाउँमा



काठमाडौँ। नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्र बनेको करिब ६० बर्ष पुग्न लाग्यो। यस हिसावले नेपाली चलचित्रको इतिहास ६० बर्ष भयो। समयको अन्तराल संगै प्रविधिले पनि फड्को मार्दै गएको छ। हिजो आज डिजिटलको जमाना छ। डिजिटल प्रविधिमा चलचित्र बनाउन र प्रदर्शन गर्न पनि सहज बनेको छ।
चलचित्र निर्माणको सम्पूर्ण कार्य एकै छाना मुनि हुने गरि नयाँ कम्पनि फ्लिकर आर्टस खुलेको छ। काठमाडौँको मुटु बानेश्वरको बुद्दनगरमा खुलेको स्टुडियोमा चलचित्रको प्रि प्रोडक्सन देखि चलचित्र निर्माणको सम्पूर्ण कार्य हुनेछ।

फ्लिकर आर्टसमा प्रि प्रोडक्सन,स्क्रिप्ट लेखन,इक्विपमेन्ट,पोस्ट प्रोडक्सन तथा पब्लिसिटी डिजाईन लगायतका सम्पूर्ण कार्य हुन्छ। केदार भुषालको अध्यक्षतामा खुलेको कम्पनीमा विष्णुबाबु पन्त र देवेन्द्रमान श्रेष्ठ संचालक रहेका छन्। सोमवार औपचारिक रुपमा सुरु भएको कम्पनिले आफ्नै विभिन्न प्रोजेक्टहरुको काम अघि बढाई सकेको केदार भुषालले जानकारी दिए।

फ्लिकर आर्टसको टिममा पब्लिसिटी डिजाइनमा ट्राईडेन्ट कन्सेप्ट (रोयल भिमसेन र विवेक खकुरेल),विपिन स्थापित (साउण्ड),सुदिल धिताल(साउण्ड),मणिरत्न त्रिपाठी (साउण्ड),भिम बिस्वकर्मा (सम्पादन),सुदिप पाण्डे (भिएफएक्स),चानस पुन मगर (कलरिस्ट) रहेका छन्। फिल्म निर्माणको लागि चाहिने सम्पूर्ण इक्विपमेन्ट र टिम उपलब्ध गराउनुका साथै उचित परामर्श पनि दिने संचालक भुषालले जानकारी दिए। फ्लिकर आर्टस शुभारम्भको अवसरमा शुभकामना दिनको लागि कलाकार तथा थुप्रै चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो।

Copyright © 2012 - 2026 | All Right Reserved.