समय सान्दर्भिक कथा फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक



काठमाडौँ। समय सान्दर्भिक कथा बस्तुमा निर्माण गरिएको शर्ट फिल्म समय र सम्बन्ध यु ट्युब मार्फत सार्वजनिक गरिएको छ। १२ मिनेट लामो शर्ट फिल्मले समय दिन नसक्दा सम्बन्धमा आएको समस्यालाई प्रस्तुत गरेको छ। उत्तम अधिकारीले निर्देशन गरेको शर्ट फिल्मको कथा संचारकर्मी रघुनाथ सापकोटाले लेखेका हुन् भने पटकथा संवाद सुजन खतिवडाले लेखेका हुन्।

बिनोद सापकोटाले छायांकन गरेको शर्ट फिल्ममा नहकुल खड्काको सम्पादन रहेको छ। सेलिब्रेटी नेपालले निर्माण गरेको शर्ट फिल्ममा सुरज अधिकारी,स्मृति बस्नेत र साहारा कोइरालाको अभिनय रहेको छ। शर्ट फिल्म डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.