सञ्चारकर्मी केसी सम्मानित



काठमाडौं । न्यूज २४ टेलिभिजनमा कार्यरत सुष्मा केसी श्रेष्ठ यस वर्षको ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’बाट सम्मानित भएकी छन् । मातृभूमि साहित्य समाज परिवारले शनिबार हेटौंडामा आयोजित कार्यक्रममा केसीलाई सम्मान गरेको हो ।

विगत लामो समयदेखि सञ्चार क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएकी महिला सञ्चारकर्मीका रुपमा केसीलाई सम्मान गरिएको हो ।

समाजले ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ शिक्षा, साहित्य, संचार, पत्रकारिता, मानव अधिकारलगायत विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका व्यक्तित्वहरुलाई प्रदान गर्दै आएको छ ।