रेजिना उप्रेती विरुद्ध प्रहरीमा उजुरी


rejina_upreti_cbn
(सेलिब्रेटी नेपाल) १३ असार-नेपाली चलचित्र बजार लाई कता कता आम जनता हरुले नौटंकी दुनिया भनेको सुनिन्छ। भने जस्तो कहिले काँही देख्न र सुन्न पनि पाइन्छ। कहिले काँही विभिन्न लफडाका घटना हरु पनि भइ रहने गर्दछन। नायिका रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठबिचको लफडा पनि अहिले प्रहरीसम्म पुगेको छ । निर्माता संघले लामो समयसम्म बार्ता मार्फत समाधान गर्न खोज्दा पनि सफल हुन नसके पछि जिल्लाप्रहरी कार्यलय जावलाखेललाई निर्माता संघका अध्यक्ष राजकुमार राइले सहयोगका लागि आग्रह गर्दै दोषीलाई कारवाही गर्न भन्दै वुधबार पत्र पठाएका छन् ।

निर्मात्री कविता श्रेष्ठ र नायिका रेजिना उप्रेतीले मिलेर बनाएको चलचित्र सफल नभए पछि उनि हरु बीच लेन देनको बिषय लाई लिएर निकै दिन देखि विवाद भई रहेको थियो। कुनै बेला दुबैको मन मिलेर संगै चलचित्र निर्माण गरे अहिले आएर विवाद ठुलै रुपमा प्रस्तुत भएको छ।

रेजिना विरुद्ध अहिले जिल्ला प्रशासन कार्यलय ललितपुर र जावलाखेल प्रहरी प्रभागमा उजुरी परेको छ । छानविन गरी कारबाही, घाटाको क्षतिपुर्ती र विदेश जानका लागि पासपोर्ट जफत गरी पाउँ भनी निर्मात्री कविता श्रेष्ठले उजुरी दिएकी हुन् ।को भन्दा को कम भने झैं नायिका रेजिना उप्रेतीले पनि शुक्रबार कविता विरुद्ध मानहानीको मुद्दा हाल्ने बताएकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.