‘प्रेमगन्ज’को ‘समय’ सार्वजनिक



काठमाडौँ। परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ रिलिज भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् । चलचित्र ‘प्रेमगन्ज’ भदौ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ।

स्याड शैलीको गीत तेज गिरिको दृष्टिकोणबाट प्रस्तुत भएको छ । गीतले एउटा कालखण्डमा नजिक रहेका उनीहरू अर्को कालखण्डमा भेट हुँदाको परिस्थितिलाई प्रस्तुत गरेको छ । निर्देशक परिच्छेद सेनका अनुसार चलचित्रमा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ। तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतलाई किरण भुसालले आवाज दिएका छन् । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन ।