अनुप बरालको ‘दोख’ लाई विशेष शोमा तारीफ



काठमाडौँ। अनुप बराल निर्देशित चलचित्र ‘दोख’को शुक्रबार बिहान विशेष शो गरिएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित विशेष शोमा चलचित्रका निर्देशक बराल, मुख्य कलाकार दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप,राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर सहित अन्य सेलिब्रिटी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विशेष शोमा चलचित्र हेर्ने सबैले चलचित्रको तारिफ गरेका छन्। दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गर्ने चलचित्र ‘दोख’ हेरे पछि धेरैले मन चसक्क भएको प्रतिक्रिया दिए। २ घण्टा १३ मिनेट लामो चलचित्रलाई समीक्षकले रुचाएका छन् । नेपाली मौलिक कथावस्तुमा निर्माण भएको ‘दोख’लाई राजन कठेतले लेखेका हुन् । ‘फिट्किरी’पछि बराल निर्देशित दोस्रो फिचर फिल्म ‘दोख’ ले बौद्धिक दर्शकलाई लोभ्याउन सक्ने आशा गरिएको छ ।

फिल्मले द्धन्द्धको कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई गाउँबीच भएको झगडाको विषयलाई मुख्य कथा बनाएको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.