‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक



काठमाडौं। आगामी साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३ सेकेण्ड लामो एक्शन प्याक्ड ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ । चलचित्रले तीन महिला प्रहरीले चेलीबेटी बेचविखन गर्ने गिरोहको खोजी गरिरहेको चलचित्रको सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

लेडिज एक्शन सिनेमाले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । २०६३ सालमा निर्माण भएको चलचित्र ‘आँधि तुफान’को सिक्वेललाई मदन घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवी गिरी, संजय खतिवडा,पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

चलचित्रमा सफल लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । आरआर फिल्मस्ले ‘आँधि तुफान २’ वितरणको जिम्मेवारी सम्हालेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.