सलोन र शिल्पाको चलचित्र’मीलन’ प्रदर्शनका लागी तयार



काठमाडौँ। आगामी कार्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ ।

चलचित्रमा सलोन बस्नेत,कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर वाङ्ग्देल, बिशाल पहाडी, सुमिन गुरुङ, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रेम कथामा आधारीत चलचित्र ‘मीलन’मा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने चलचित्रका निर्देशक टेक पौरखी राईले जानकारी दिए । यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रमा लेखन पनि निर्देशक राईकै रहेको छ ।

चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा थापा किम्भेको सम्पादन रहेको छ ।