धमाधम हुँदैछन् तीज गीतको सुटिङ [फोटोफिचर]



काठमाडौं । तीज आउन झण्डै २ महिना बाँकी छ । कलाकारहरुलाई भने तीजले छोइसकेको छ, केही साता अघिदेखि नै । कोही कलाकार तीज गीतको रेकर्डिङमा लागिपरेका छन्, रेकर्डिङ सकेका कलाकारहरु आफ्जो गीतको धमाधम सुटिङ गरिरहेका छन् । कोही कलाकारहरुले त तीज गीत सार्वजनिक समेत गरिसकेका छन् । यद्यपी, यतिबेला धेरैले रेकर्डिङ सकेर सुटिङ गरिरहेका छन् ।

पार्टी प्यालेस, मन्दिर, पार्क, स्टुडियो, काठमाडौं भित्र एवं नजिकका खुला स्थानमा यतिबेला धमाधम तीज गीतको सुटिङ भैरहेको पाइन्छ । तीज सुटिङका केही तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ ।







तस्वीरहरु : निर्देशक एवं कलाकारहरुको फेसबुकबाट