दृष्टिबिहीनहरुको कथा बोकेको ‘हाम्रो पनि मन हुन्छ’ सार्वजनिक



काठमाडौँ। दृष्टिबिहीनहरुले भोग्ने गरेका दुखसुखको कहानीलाई गीतमा उतारिएको ‘हाम्रो पनि मन हुन्छ’ बोलको गीतको म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यसै बर्ष रचना तर्फको नातीकाजी स्मृती पुरुस्कारबाट पुरस्कृत गीतकार डी. पी. दाहाल परिश्रमीद्वारा रचित गीतमा दृष्टिबिहीनहरुको मन भित्रका भोगाईहरुलाई प्रस्तुत गरिएको छ । प्रत्यक्ष रुपमा आँखा देख्नेहरुले आँखा नदेखि बिबश भएकाहरुलाई अन्तरमन देखि नै माया गरौँ, उनीहरुले बाहीरी आँखा नदेखेपनि भित्री आँखाले सबै देखिरहेको हुन्छ भन्ने कुरा गीतले बोलेको छ ।

धेरै धन कमाएकाहरु पनि सुखी नभएका र मनका खुशी पनि बाहिरै देखिदैनन तसर्थ हामी भित्र रहेका बाहिरी र भित्री आंखा चिन्नु पर्ने, मान्छेको मन भित्र नै आगो र पानी हुने भएकाले संयमपूर्बक प्रश्तुत हुनुपर्ने, र दैबको लेखालाई कसैले टार्न नसक्ने पनि गीतमा समाबेश छ ।
सार्वजनिक गीतमा गायक दिपक लिम्बु, गायिका पूजा देबकोटाको स्वर, पूरुषोतम न्यौपानेको संगीत, केशब बडुको एरेन्ज रहेको छ । भिडियोलाई निर्देशक स्मृती तिमिल्सेना (गुरुआमा)ले निर्देशन गरेकी हुन् । भिडियोमा कलाकार द्वय कमल सिंह र आयुष्मा कार्किको अभिनय रहेको छ । डिलाईटेड नेपालको ब्यानरमा प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल, सम्पादन-कलर प्रकाश धमला, क्यामरा सुरेश श्रेष्ठको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.