अमेरिकामा क्यान्सरको उपचार पछि मनिषा मुम्बई फर्किन्


manisha koirala cbn
(सेलिब्रेटी नेपाल) १२ असार-क्यान्सरको उपचार गराउनको लागि अमेरिकामा पुगेकी नायिका मनिषा कोइराला सफल उपचार गराएर मंगलबार मुम्बई फर्केकी छिन्। पाठेघरको क्यान्सर भएपछि ६ महिनासम्म न्युयोर्कमा उपचार गराई रहेकी मनिषा बुबा प्रकाश कोइराला तथा आमा सुष्मासँगै मुम्बई फर्केकी हुन्। उनि पूर्णरुपमा निको भएको जानकारी प्राप्त भएको छ। मुम्बइमा केही समय रहेर उनी आरामका लागि नेपाल आउने पारिवारिक स्रोतले जनाएको छ ।

मुम्बईको जसलोक अस्पतालमा उपचार गराउँदा क्यान्सर भएको पत्ता लागेको थियो। न्यूयोर्कमा डिसेम्बर १० मा पाठेघरको शल्यक्रियापछि २१ डिसेम्बरमा डिस्चार्ज भएकी थिइन्। डिस्चार्ज भएपछि मनिषाले ६ महिनासम्म बुबा आमा र भाइ सिद्धार्थ कोइराला सँगै अपार्टमेन्टमा बसेर स्वास्थ्य जाँच गराएकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.