पुजाको अन टाइटल फिल्ममा जोडीए अनमोल



काठमाडौँ। अभिनेत्री पुजा शर्माको होम प्रोडक्शनबाट बन्ने पहिलो चलचित्रमा नायक अनमोल केसी अनुवन्धित भएका छन् । अनमोलले पूजासँग अन स्क्रिन जोडी बाँधेर काम गर्ने चलचित्रको लागि आज साइन गरेका हुन् । आफ्नो सपनाको प्रोजेक्टमा जोडिन आइपुगेका अनमोल केसीको साथले झनै उत्साह मिलेको भन्दै पूजाले लामो फेसबुक स्टाटस लेखेकी छन्।

नाम फाइनल भइ नसकेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्मलाई कार्तिकपछि छायाँकनमा लैजाने तयारी पूजाको छ । यसअघि सुदर्शन थापासँग मिलेर फिल्म बनाउँदै आएकी पूजाले यो फिल्म भने आफ्नो सोलो लगानीमा बनाउने तयारी गरेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.