सुष्माले छाडेपछि सुदर्शन पूजा सँग


sushma-karki-new

(सेलिब्रेटी नेपाल) १२ असार-सुदर्शन थापा लभस्टोरी चलचित्र बनाउन खुबी राख्ने युवा निर्देशकमा परिचित छन्। ‘मेरो एउटा साथी छ’ चलचित्र निर्देशन गरेर चर्चामा आएका सुदर्शनलाई सोही चलचित्रले रजतपटमा स्थापित गराइदिएको हो। त्यसपछि उनले ‘के यो माया हो’ चलचित्र निर्देशन गरे। सो चलचित्रमा उनले आफ्नी प्रेमिका सुष्मा कार्कीलाई मुख्य नायिका बनाएका थिए।

सुष्मालाई नायिकामा स्थापित गराउनमा सुदर्शनको प्रमुख हात रहेको सबै लाई थाह भएकै कुरा हो। आफैंले नायिका बनाएकी सुष्मा सँगको करिब पाँच वर्षको प्रेम सम्बन्ध टुटेपछि सुदर्शन एक्लै बस्दै थिए। यसैबेला उनले बाबुराम दाहालले निर्माण गरेको ‘धन्दा’ चलचित्रको निर्देशन गरे। सो चलचित्रमा उनले आफैंले लगानी पनि गरे। व्यावसायिक रूपले धन्दाले पैसा नकमाए पनि निर्देशकका रूपमा सुदर्शनको भने निकै चर्चा भयो। सुष्माले छाडेको दुई वर्षपछि अहिले आएर सुदर्शन अर्की नायिका सँग नजिकिएका छन्। ती नायिकाको नाम हो पूजा शर्मा।

ललितपुर जावलाखेल घर भएकी पूजा ‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन्। सुरेश दर्पण पोखरेलले निर्देशन गरेको ‘थ्री लभर्स’ मा प्रियंका कार्कीले नै बढी चर्चा पाइन्। प्रियंकाको अघि पूजाको अभिनयबारे कुनै टीकाटिप्पणी नै भएन। तैपनि पूजाले ‘मधुमास’ चलचित्रमा अभिनय गर्ने मौका पाइन्।’मधुमास’ चलचित्रका निर्देशक सुदर्शन नै हुन्।  निर्माता गीतकार तथा धन्दा चलचित्रका निर्माता बाबुराम दाहाल हुन्। सोही चलचित्रको सुटिङदेखि पूजा र सुदर्शनबीच प्रेम सम्बन्ध झांगिएको स्रोतले बताएको छ।

सुष्माले छाडेपछि सुदर्शन निकै फ्रस्टेसन बनेका थिए, तर अहिले पूजा भेट भएपछि सुदर्शन खुसी देखिएका छन्, स्रोतले भन्यो। सुदर्शनले बिहे गर्ने गरी सुष्मालाई प्रेम गरे पनि सुष्माले नै एकतर्फी रूपमा प्रेम सम्बन्ध तोडेकी थिइन्। सुष्मा अहिले आफ्नो आमा सँग बस्दै आएकी छन्। सुदर्शनसँग  प्रेम सम्बन्ध बिग्रिएपछि सुष्माले राजु गिरीको निर्देशनमा बनेको बिन्दास चलचित्र अभिनय गरेकी थिइन्। जुन चलचित्रले सुष्मालाई निकै चर्चा दिलाएको थियो। बिन्दासअघि लूट चलचित्रमा गरेको आइटम नृत्यले उनलाई नाम र दाम दुवै दिलाएको थियो। अहिले नरेन सँग अलग भएपछि सुष्माले राजु गिरीले नै निर्देशन गरेको बिन्दास २ चलचित्रमा अभिनय गरेकी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.