दुइ चलचित्र उपत्यका बाहिरको प्रदर्शन पछि उपत्यका भित्रिय



सेलेब्रिटी नेपाल कार्तिक ११-दशैं को अवसर छोपी रिलिज भयका ४ चलचित्र सो सिम्पल र धुँवा यो नशा उपत्यका बाहिर र के म तिम्रो साथी बन्न सक्छु र लूट कम्पनी उपत्यका भित्र प्रदर्सनमा आयका हुन् चार ओटै चलचित्र ले उलेख्य व्यापार गर्न सकेनन।चलचित्र सो सिम्पल र धुँवा यो नशा यो हप्ता बाट उपत्यका भित्रियका छन् सफल निर्देशक शिव रेग्मीले निर्देशन गरेको सो सिम्पल पुराना निर्माता केसब भट्टराईले निर्माण गरेको चलचित्र हो । कलेज पढ्ने बिद्यार्थीले गर्ने माया प्रेम र त्यस बाट निस्कने परिणमलाई चलचित्रका मुख्य बिषय बस्तु बनाईएको यसै चलचित्र बाट प्रमोद भारद्धज र भावना रेग्मीले नायक नायकिाको रुपमा डेब्यू गरेका छन् । यी दुबैको अलवा राजवल्लभ कोइराला, अशोक शर्मा, श्वेता भट्टराई, सुशिल पोखरेल, निर्मल शर्मा, रश्मी भट्ट लगायतको अभिनय चलचित्रमा रहेको छ । प्रदीप भारद्वाजको कथा र दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा हिमाल के.सी कोद्धोन्द निर्देशन रहेको छ ।
धुवाँ यो नशा लागुपदार्थ दुव्र्यसनीमा फसेका युवाहरुको बास्तबिकतालाइ कथामा उतारीयको छ । राम प्रसाद रिजालको निर्माणमा तयार भएको चलचित्रमा आर्यन सिग्देल र निशा अधिकारीको जोडीको रोमान्स लाई पर्दामा उतारीएको छ । निर्देशक लक्ष्मण् रिजालकै लेखन रहेको चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका छन् । लोचन घिमिरेको संगीत र अष्ट महर्जनको द्धोन्द यस चलचित्रमा समेटिएको छ भने नृत्य निर्देशन शिव विकले गरेका छन् ।