लाक्पा शेर्पाले १६ दिनमा ३ पटक मकालु हिमाल आरोहण गरेर राखे कीर्तिमान



काठमाडौँ। हिमाल आरोहण गर्नु भनेको एउटा शाहसिक कार्य हो। शाहसी आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर किर्तिमान कायम गरेका छन् । सङ्खुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल ८ हजार ४ सय ८५ मिटर अग्लो छ। लाक्पाले मकालु हिमाल सन् २०२२ को मे १२, २० र २८ तारिकमा सफल आरोहण गरेका हुन्। शेर्पाले सोहि समयमा चौथो पटकको आरोहण भने खराब मौसमका कारण पुरा गर्न नसकी फर्किएको बताए ।

‘चौथो पटकको आरोहण पुरा गर्न सफल बनाउँन ३० मिटर बाँकी छँदा मौसमले साथ दिएन र म फर्किन बाध्य भएँ ।’ हिमाल आरोही शेर्पाले भने, ‘यो बिश्व कीर्तिमान हो र गिनिजबुकमा नाम रहन्छ भन्ने सोचेको छु ।’ आफुले रेकर्डकै लागी नभई आफ्नो गाउँ र ठाउँ चिनाउने उदेश्यका साथ हिमाल आरोहण गरेको बताए।

मकालुबासीकै ट्रेकिङ कम्पनी ‘सेभेन समिट ट्रेक्ज् प्रा.लिको सहयोगमा १६ दिनमा तीन पटक मकालु हिमाल आरोहण गर्न सहज भएको र सामान्यतया एक पटक त्यो हिमाल आरोहण गर्न एक महिना भन्दा बढी समय लाग्ने आरोही शेर्पाले बताए । हिमाल अरोहणबाट लगातार ख्याति कमाउदै आएका ३० बर्षीय युवा आरोही शेर्पाले एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन् । शेर्पाले २० बर्षको उमेर देखि हिमाल आरोहण गर्दै आएका हुन्। उनि हाल सम्म ८ हजार माथिका हिमाल १४ पटक पुगी सकेका छन्। उनलाई सङ्खुवासभाका जनताले मकालु लाक्पाको नाम दिएका छन्।

लाक्पाले यो भन्दा पहिले मकालु २ पटक,सगरमाथा १ पटक,मनास्लु हिमाल २ पटक,ल्होत्से १ पटक आरोहन गरि सकेका छन्। सेभेन समिट ट्रेकिंगका फिल्ड मेनेजर समेत रहेका शेर्पाले बिस्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक सफल आरोहण गरि सकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.