४८८ वटा एफएम रेडियो ४९ टेलिभिजन


syatelaite

 

(सेलिब्रेटी नेपाल) ११ असार-सरकारले हालसम्म ४८८ वटा एफएम रेडियोलाई सञ्चालन अनुमति दिएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव सुशीलकुमार ओझाका अनुसार त्यसमध्ये अहिले ३७६ नियमित प्रसारणमा रहेका छन् ।

सरकारले यसैगरी जेठ मसान्तसम्म ४९ टेलिभिजनलाई प्रसारणका लागि इजाजतपत्र प्रदान गरेको छ ।
सरकारले यो आर्थिक वर्ष कथानक १६ र विज्ञापन १२ गरी २८ वटा चलचित्रलाई जाँच पासको अनुमतिपत्र प्रदान गरेको छ ।
वरिष्ठ चलचित्रकर्मी यादव खरेलको संयोजकत्वमा राष्ट्रिय चलचित्र नीति मस्यौदा समिति गठन भएकामा सो समितिले अहिले चलचित्रको मस्यौदा तयार गर्ने कार्य प्रारम्भ गरिसकेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.