ढुवानी छलक छलक छल्क्यो जवानी (भिडियो सहित)


(सेलिब्रेटी नेपाल) ११ असार-सुष्मा कार्कीले नृत्य गरेको उध्रेको चोली हिट भए पछि त्यस यता बनेका प्राय सबै जसो नेपाली चलचित्रमा आईटम गीत समाबेश गर्ने लहर नै चलेको छ भन्दा फरक नपर्ला। आउँदो भाद्र २८ गते बाट प्रदर्शनमा आउने तयारी गरि रहेको चलचित्र ‘ढुवानी’को आईटम गीत रिलिज गरिएको छ। आस्था राउतले गाएको प्रस्तुत आईटम गीतको शब्द भुपेन्द्र खड्काले लेखेका हुन् भने संगीत हरि लम्सालको रहेको छ । ‘छलक छलक…’ बोलको सार्वजनिक आईटम गीतमा अष्ट्रेलियामा बस्दै आएकी अर्चनाले आफ्नो जवानी छल्काएकी छिन् उक्त गीतको कोरियोग्राफी पुनम राईले गरेका हुन्।

चेलिबेटी बेचबिखनको कथा बोकेको ढुवानीलाई कविता श्रेष्ठको प्रस्तुतीमा मञ्जिल श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन पिताम्बर पाण्डेले गरेका हुन् । चलचित्रमा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, अनुजा गायक, सगुन शाही लगायतको मुख्य भूमिका रहेको छ। निर्देशक पाण्डेकै लेखन रहेको ‘ढुवानी’ मा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ।
Chalak-dhuwani

Copyright © 2012 - 2026 | All Right Reserved.