टेली चलचित्रबाट अब ठुलो पर्दामा डेब्यु गर्दै सस्मिता



काठमाडौँ। कला क्षेत्रमा केहि गरौँ भन्ने सपना बोकेर धेरै जनाले कला क्षेत्रमा प्रवेश गर्छन तर सफलता थोरैलाई मात्र मिल्छ। काठमाडौँ सितापाइलामा जन्मिएकी सस्मिता गिरी कला क्षेत्रमा आफ्नो नाम राख्न सफल भएकी छन्। टेली चलचित्र ‘मानव’ बाट कला यात्रा थालनी गरेकी गिरीले दर्जन भन्दा बढी टेलि चलचित्रमा अभिनय गरी सकेकी छन्। पछिल्लो समय टेली चलचित्र ‘उकुस मुकुस’ बाट उनले आफ्नो अभिनय क्षमताका कारण धेरै दर्शकको मन जितेकी छन्।

२०७४ सालबाट सुरु गरेको उनको कला यात्रा निरन्तर चलि रहेको छ। सफल बन्नलाई संघर्ष नगरी हुन्न भन्ने कुरा उनले राम्ररी बुझेकी छन्। सुरु सुरुको दिनमा केहि अप्ठेरो भए पनि काम गर्दै जादाँ आफुमा निखारता आउदै गरेको र काम गर्न सहज भएको उनि बताउछिन्। उनले टेली चलचित्र रिसानी माफ,भुन्टी,हर्के हवल्दार,गोलमाल,कान्छी,ख्याल ठट्टा लगायतमा काम गरि सकेकी छन्। कला क्षेत्रबाट नाम र दाम कमाउने र भबिष्यमा सामाजीक कार्यमा पनि लाग्ने उनको योजना रहेको छ। छिट्टै छायाँकनमा जाने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ बाट उनले ठुलो पर्दामा डेब्यु गर्दैछिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.