‘द सिक्रेट अफ राधा’ को पोस्टर सार्वजनिक



काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’ को २ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै चलचित्रमा अभिनित सम्पुर्ण कलाकारलाई समावेश गरेर पोस्टर सार्वजनिक गरिएको निर्देशक थापाले बताए । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

चलचित्रमा सृष्टि श्रेष्ठ,सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । चलचित्रमा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको सिनेमामा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।