फिटनेशमा पनि ध्यान दिन्छन् पुष्प, एस आई फिटनेशको ब्रान्ड एम्बासडरमा नियुक्त



काठमाडौं । एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका अभिनेता पुष्प खड्का फिटनेशनमा पनि ध्यान दिन्छन् । चलचित्र ‘मारुनी’को छायांकनको समयदेखि पुष्पले फिटनेशनमा बढी ध्यान दिन थालेका हुन् ।
बुधबार बौद्धमा एक बर्ष अगाडि स्थापना भएको एस आई फिटनेशको ब्रान्ड एम्बासडरमा नियुक्त भएपछि मिडियाकर्मीसँग कुरा गर्दै पुष्पले भने–‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । चलचित्र ‘एक्स ९’को लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ ।’

पुष्पले नेपाली चलचित्र क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताए । उनले अगाडि भने–‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाईलाई देख्छु ।’
नायक खड्काको क्रेज र जिमप्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको एस आई फिटनेशनका संचालक कुमार स्याङ्बोले जानकारी दिए । उनले, अहिले फिटनेश सेन्टरमा ३ सय जना नियमित रुपमा जिम गर्न आउने गरेको बताए ।
कुमारले देशभर नै एस आई फिटनेशनको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको समेत बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.