‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक



काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । उनले फिल्म राम्रो बनेको बताउँदै फिल्मले आफूलाई कमेडी जनरामा स्थापित गर्नेमा विश्वस्त रहेको बताए । चलचित्रमा केकीका साथमा रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, रमेश बजगाईँ, धिरेन शाक्य लगायतको अभिनय छ ।

मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह-निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । चलचित्रको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मस्ले लिएको छ । ट्रेलर साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।