(सेलिब्रेटी नेपाल) ११ असार-दुई सातादेखि गम्भीर अस्वस्थ भई अस्पतालमा भर्ना हुनु भएका जनकविकेशरी धर्मराज थापा आइतबार वीर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। अचानक मस्तिष्क पक्षघात भई थापालाई अस्पताल भर्ना गरिएको थियो।
पोखराको बाटुलेचौरस्थित पुख्र्यौली घरमा एक्कासि बिरामी भएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो। उक्त अस्पतालबाट थप उपचारका लागि गत हप्ता वीर अस्पताल ल्याइएको थियो। स्वास्थ्यमा क्रमिक सुधार आएकाले डाक्टरको सल्लाहअनुसार घर फर्काइएको उनका जेठा छोरा एवम् धर्मराज–सावित्री थापा गुठीका अध्यक्ष मदनराज थापाले जानकारी गराए। डिस्चार्ज हुनुअघि थापालाई पर्यटन तथा नागरिक उड्डयन र संस्कृति मन्त्री रामकुमार श्रेष्ठले अस्पताल पुगेर भेटेका थिए।
काठमाडौँ। चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई आधिकारिक परिचयपत्र वितरण गरेको छ। दुइ दशक भन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती कलाकार, प्राविधिक र अन्य पेशाका व्यक्तिहरूलाई शुक्रबार विशेष...
काठमाडौँ । अभिनेता दयाहाङ राईले आफ्नो नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ मा आवरण र प्रस्तुती दुवैमा नयाँपन देखाउने प्रयास गरेको बताएका छन् । प्रायः गाउँले, साधारण र संघर्षरत पात्रमा देखिँदै आएका दयाहाङ यस पटक भने सहरिया र धनी...
काठमाडौँ। निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र...
काठमाडौँ । फिल्म ‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायाङ्कन सकिएको छ । दाङ र काठमाडौँ गरेर २८ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । छायाङ्कन सकिए लगतै फिल्म सम्पादन जुटेको छ । फिल्मको निर्देशन साहित्यकार तथा गीतकार जानकी पन्तले गरेकी...
काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक...
काठमाडौँ । कार्तिक १४ गते रिलिज हुने पारिवारिक फिल्म ‘परान’ को शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह छन् । फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्छ । मूल भूमिकामा नभए पनि पछिल्लो समय नेपाली...