सवीन र छुल्ठिमको ‘धन्दागिरी’ यु ट्युबमा रिलिज



काठमाडौँ। अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ यु ट्युबमा रिलिज गरिएको छ । नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्रमा सवीनसँगै छुल्ठिम गुरुङ,दिनेश खड्का,दिनेश डिसी,सुशील पोखरेल,दीपक क्षेत्री,बिएस राणा,बिपना बस्नेत,सुवाष गजुरेल,सुनिल कटुवाल,सबिता रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

दिनेश खड्का एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन्। कबि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता हुन्। चलचित्र डिएआर मुभिज एण्ड फिल्म्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।