चलचित्र पत्रकार संघको वार्षिकोत्सव : एकसाथ तीन वर्षको सम्मान तथा पुरस्कार वितरण



काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट संघका पूर्वअध्यक्ष शान्तिप्रिय र पत्रकार राजन घिमिरे सम्मानित भए भने ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल) पुरस्कृत भए । त्यस्तै, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी,‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट मनोज न्यौपाने र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पोखराका रेम रसाइलीलाई पुरस्कृत गरियो ।

त्यस्तै, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७९’ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९’बाट उद्दव रसाइली र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९’ बाट मकवानपुरका श्रीराम अर्जुन पुरस्कृत भए ।

चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशी सहित प्रदान गरिएको थियो । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव समारोहमा अभिनेता राजेश हमाल, भुवन केसी, सरोज खनाल, कृष्ण मल्ल, अभिनेत्री दीपाश्री निरौला, निर्माता मनिराम पोखरेल, निर्देशक सुरेन्द्र पौडेल, निर्माता पुनम गौतम, शर्मिला पाण्डे, कलाकार निर्मल शर्मा, ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल, हाइलाइट्स नेपालका जनक तामाङ, निर्माता सविन ज्ञवाली, महेन्द्र अधिकारी, श्रीयन्त्र कन्सोलका नविन प्रजापति, चलचित्र विकास बोर्डका सदस्य अर्जुन कुमार, नेपाल चलचित्र संघका पूर्व अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्देशक शोभित बस्नेत, केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्य सन्तोष कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

तस्विर:सुरेन्द्र थापा