गायनमा फर्किइन् समीक्षा अधिकारी



काठमाडौं । सानै उमेरमा थुप्रै लोकप्रिय गीत गाउन सफल गायिका समीक्षा अधिकारी केही महिनापछि गायनमा फर्किएकी छिन् । उनी केही महिना गायन र सामाजिक सञ्जालबाट समेत टाढा थिइन् । गायनमा फर्किएसँगै उनले सक्रियता समेत बढाउन थालेकी छिन् ।

एक साताअघि उनको स्ववरमा सार्वजनिक गीत ‘चिना र जोखाना’ यतिबेला युट्युब ट्रेन्डिङमै छ । त्यस्तै, ‘झरी बनी आउन’ बोलको गीत सार्वजनिकको क्रममा छ ।

उनले अर्को ‘बोलाउँदा बोलिसिन्न’ बोलको गीत पनि रेकर्ड गराईसकेकी छिन् । उक्त गीत केही दिनमै मोडल विमल अधिकारीको भावना म्युजिक सोलुशनमार्फत सार्वजनिक हुने उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् । समीक्षाले चलचित्र ‘नाइँ नभन्नु ल–५’को ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’गीत गाएर गायनमा प्रवेश गरेकी थिइन् । उनका थुप्रै गीत करोड क्लबमा छन् । उनले केही म्युजिक भिडियोमा मोडलिङ समेत गरेकी छिन् ।