सुनगाभालाई मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड


सेलेब्रिटी नेपाल कार्तिक ११ -लेस्वियन युवतीको कथामा आधारित चलचित्र सुनगाभा (डान्स अफ दि अर्किड) ले दिनप्रतिदिन सफलता पाईरहेको छ । थुप्रै अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सो चलचित्रले भर्खर मात्र सम्पन्न मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड पाएको छ ।
भारतको मुम्बईमा सम्पन्न उक्त फेस्टिभलमा सुनगाभाले इण्डिया वर्ल्डवाइड श्रेणी अर्न्तगत जुरी अवार्ड पाएको हो । तीन जुरीमा प्रशान्त नायर, टेरेस हायज र देव बेनेगलको टिमले उक्त फिल्मलाई जुरी अवार्ड घोषणा गरेको हो । अवार्ड पाएपछि चलचित्रका लेखक तथा निर्देशक सुवर्ण थापाले यो नै आफ्नो सफलता भएको बताएका छन् । अब यो चलचित्र जनवरी ३ देखि १४ सम्म हुन लागेको पाल्म स्प्रिङ अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा समेत प्रदर्शन हुनेछ । सुवर्ण थापाको कथा, पटकथा, संवाद र निर्देशन रहेको ‘सुनगाभा’ वल्र्ड फिल्म फेस्टिभल, क्यानडा, इन्टरनेशनल हेम्बर्ग फिल्म फेस्टिभल, जर्मनी, इन्टरनेशनल योथ डाइरेक्टर्स, फ्रान्स, चेरी चेरिज् फिल्म फेस्टिभल, फ्रान्स, जस्ता प्रतिष्ठित अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा समेत प्रदर्शनका लागी छनौट भएको चलचित्र हो । ८५ मिनेट लामो यो फिचर चलचित्रमा निशा अधिकारी र दिया मास्के प्रोटगेनिस्ट आर्टिस्ट हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.