चलचित्र ‘म’ साउन २० मा प्रदर्शन हुने



काठमाडौं । चलचित्र ‘म’ साउन २० मा प्रदर्शनमा आउने भएको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुती रहेको चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् ।
साउन २० मा अर्को चलचित्र ‘आधीँ तुफान’ पनि प्रदर्शनमा आउँदैछ ।

च्लचित्र ‘म’ मा निराजन प्रधान, निशा अधिकारी, सबिन श्रेष्ठ, रुबिना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल, संजोग रसाईली, पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । अभिनेत्री निशा यही चलचित्रमार्फत आधा दशकपछि अभिनयमा फर्किँएकी छिन् । प्रकाश पुरीको कथा एवं पटकथा रहेको चलचित्रको निर्मातामा विमला हुमागाईँ र पदम पुरी छन् । तेन्जिन पाल्देनको छायाँकन रहेको चलचित्रलाई बनिश शाहले सम्पादन गरेका हुन् ।

आगामी शनिबार चलचित्रको टिजर सार्वजनिक गर्ने निर्माण यूनिटको तयारी छ । सुवर्ण थापाको निर्देशन रहेको अर्को चलचित्र ‘राधा’ भदौं १० मा प्रदर्शन हुँदैछ ।