प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’ आजदेखि



काठमाडौं । ‘रजतपट अंकल’का रुपमा परिचित चर्चित रंग पत्रकार प्रकाश सुवेदीले आजदेखि नयाँ शो ल्याउँदैछन् । र, त्यो शो को नाम राखेका छन्, ‘द प्रकाश सुवेदी शो’ ।

आफ्ना चर्चित साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’बन्द गरेर यो शो ल्याउन लागिएको उनले जानकारी दिए । तीनवटा कार्यक्रमलाई एउटै स्वरुप दिँदै यो शो शुरु गरिएको उनले बताए । यसले गीतसंगीत र चलचित्रसंगै त्यसका दर्शकहरुलाई एकआपसमा जोड्ने पनि काम गर्ने उनले बताए । कार्यक्रम बिहीबार राती ८ बजेदेखि एपीवान टेलिभिजनमा प्रशारण हुनेछ ।

कार्यक्रमको समयावधि १ घण्टाको हुने उनले जानकारी दिए । कार्यक्रम एपीवान टेलिभिजनका अलावा ‘रजतपट अनलाइन टीभी’ र एपीवानको अफिसियल युट्युबमा हेर्न सकिने सुवेदीले जानकारी दिएका छन् । ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’जस्तै ‘द प्रकाश सुवेदी शो’लाई पनि दर्शकले रुचाउनेमा विस्वस्त रहेको उनले बताए । कार्यक्रमलाई स्तरीय बनाउन मेहनत पनि गरिएको उनले बताए ।