धीरज र अदिती अभिनित ‘बाबरी’ चलचित्रको गीत सार्वजनिक



काठमाडौं । अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित चलचित्र ‘बाबरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ‘बाबरी रंग’बोलको गीत सार्वजनिक गरिएको हो । गीतसँगै चलचित्रको पोष्टरसमेत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा अभिनेता धीरज र अभिनेत्री अदिती रोमान्टिक मुद्रामा प्रस्तुत छन् ।

यो गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङले स्वर दिएका छन् । अनमोल गुरुङको शब्द एवं संगीत रहेको गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘बाबरी’ भदौ ३१ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुँदैछ । चलचित्रमा धीरज नाड्कर पनि मुख्य भूमिकामा छन् । पुष्पलता बुढाथोकी र गणेश बुढाथोकी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

प्रदर्शनको हिसावले ‘बाबरी’ धीरज र अदिती दुबैको दोस्रो चलचित्र हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.