निखिल अब बलिवुडमा निर्देशकको रुपमा डेब्यु


nikhil upreti
(सेलिब्रेटी नेपाल) ९ असार-कलिवुडमा राम्रै जमेका र नायिका संचिता लुइँटेल सँग बिबाह गरे पश्चात वलिउडमा जम्नका लागि संघर्ष गर्दै बिगत लामो समयदेखी भारतको मुम्बईमा बस्दै आएका नेपाली नायक निखिल उप्रेतीले अब हिन्दी चलचित्रको निर्देशन गर्ने भएका छन्। निखिल स्वयम्ले मुख्य भुमिकामा अभिनय गर्ने भनिएको सो चलचित्रको नाम’कमिटमेन्ट’रहने बताईएको छ।

चलचित्रमा अभिनय गर्ने नायिकाको भने टुंगो लागिसकेको छैन। चलचित्रमा निखिल संगै भारतीय कलाकार राज जुत्सी,यसपाल शर्मा, संजय मिश्र, आर्यन वैध लगायतको अभिनय रहनेछ । निखिल स्वयमको लेखनमा बन्न लागेको सो चलचित्रमा संवाद भने नैम र इजाजको रहेको छ।

भारतीय फिल्म निर्माण कम्पनी ईन्सीपिरेश्नल इनोभेशनको लगानी रहने ‘कमिटमेन्ट’मा अधिकांश भारतिय कलाकारले अभिनय गर्ने बताईएको छ ।
चलचित्रको सुटिंग काठमाण्डौ,पोखरा,दुबई,बैङ्कक र मुम्बई लगाएतका विभिन्न ठाउँमा गरिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.