‘अति भो’ टेलिसिरियलमा ‘टार्जन’को अभिनय



काठमाडौं । थुप्रै नेपाली चलचित्रमा डरलाग्दा भिलेनको भूमिकामा अभिनय गरेका ‘टार्जन’ उपनामबाट चिनिने अभिनेता राजीव मानन्धरले टेलिसिरियल ‘अति भो’मा अभिनय गरेका छन् । आईतबार प्रशारण भाग १ सय २ मा राजीवको
अभिनय हेर्न सकिन्छ । सिरियलका निर्देशक सुरज खनालका अनुसार आउँदो भागमा पनि राजीवको अभिनय हेर्न सकिन्छ । सिरियलमा अभिनेता राजीवलाई सुहाउने चरित्रमा प्रस्तुत गरिएको खनालले बताए ।

राजीव हिजोआज नेपाली भन्दा भोजपुरी चलचित्रमा बढी व्यस्त छन् । नेपाल टेलिभिजनमा हरेक आइतवार राती प्रशारण हुँदै आएको यस सिरियलान रियाशा दाहाल मुख्य भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् । सुरज खनाल, शर्मिला शर्मा, बिमला गिरी, लक्ष्मण बस्नेत, रिता सिवाकोटी, शिवराज तिमल्सेना, सुबु शाही, धनराम मुस्कान, रोशनी कार्की लगायतको अभिनय सिरियलमा रहँदै आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.