आगामी मंगलबार विवाह गर्दै ईन्दिरा जोशी



काठमाडौं । नेपालकी लोकप्रिय गायिका इन्दिरा जोशीले आगामी मंगलबार विवाह गर्ने भएकी छिन् । उनले प्रेमी शरद केडियासँग जेठ ३१ गते अर्थात आगामी मंगलबार विवाह गर्न लागेकी हुन् ।

आईतबार सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूहरुले विवाह गर्न लागेको जानकारी दिएकी हुन् । विवाहको खबर बाँडन पाउँदा आनन्द महशुस गरेको उनले बताएकी छिन् । करिब तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरद फेसन डिजाइनर हुन् । उनीहरुले मेहेन्दी उत्सव भने गरिसकेका छन् । विवाह कहाँबाट गर्ने भन्नेबारे भने ईन्दिराले खुलाएकी छैनिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.