युट्युब ट्रेन्डिङमा स्थान जमाएका यी नेपाली गीत



काठमाडौं । युट्युबमा हरेक दिनजसो नयाँ–नयाँ गीतका भिडियोहरु सार्वजनिक हुन्छन् । धेरै गीतहरु आएको स्रोता दर्शकले पत्तो समेत पाउँदैनन् । केही गीतहरुले भने दर्शक स्रोताको मन जित्दै युट्युबमा राम्रो भ्युज पाउने गर्छन् । अहिले गीत हिट/फ्लपको मापन युट्युबलाई हेरेर गर्न थालिएको छ । पछिल्लो केही दिनयता सार्वजनिक केही गीतहरु छन्, जसले युट्युब ट्रेन्डिङमा स्थान जमाएका छन् । केही गीतहरु भने राम्रो भ्युज पाएपनि ट्रेन्डिङमा देखिएका छैनन् ।

उर्गेन दोङ र बेनिशा पौडेलले स्वर दिएको ‘नछुटोस’ बोलको गीत शुक्रबार दिउँसो युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा छ । एक साताअघि सार्वजनिक गीतले १४ लाख ६५ हजार बढी भ्युज पाएको छ । उर्गेन दोङ, निरञ्जली लामा, कृष्णराज राई, शिव राई लगायतको अभिनय रहेको भिडियो विकास प्रसाईँको निर्देशनमा तयार भएको हो । ‘भिटेन’का नामले परिचित चर्चित ¥यापर समीर घिसिङको ‘गाउँ तिरै’ले युट्युब ट्रेन्डिङमा स्थान जमाईरहेको छ । उनकै रचना रहेको गीत ६ दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो । गीतले झण्डै १० लाख भ्युज पाउँदै ट्रेन्डिङको ५ औं नम्बर ओगटेको छ । संगीततर्फ भने यो गीत ट्रेन्डिङको पहिलो स्थानमा छ ।

लोक पप गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टीनी क्या राम्री’ले पनि युट्युबमा स्थान जमाएको छ । एक साताअघि सार्वजनिक गीतले झण्डै ८ लाख भ्युज पाएको छ । गीत नेपाल ट्रेन्डिङको ९ औं स्थानमा छ भने संगीततर्फ ट्रेन्डिङको दोस्रो स्थानमा छ । सुनिलको शब्द, संगीत, स्वर रहेको गीतको भिडियो उनकै कन्सेप्ट एवं निर्देशनमा तयार भएको हो । भिडियोमा अभिनेत्री मिरुना मगर, गणेशमान घलेका साथमा गिरी स्वयंम प्रस्तुत छिन् । लोक गायक विष्णु खत्रीले दुई साताअघि सार्वजनिक गरेको गीत ‘परान बाँकी छ’ले अहिलेसम्म युट्युब ट्रेन्डिङमा स्थान जमाईरहेको छ । विष्णुको शब्द, संगीत रहेको गीतमा बालगायिका पूजा देवकोटा र बालगायक सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् । भिडियोले ३३ लाख बढी भ्युज पाएको छ । भिडियो अहिले ट्रेन्डिङको १५ औं नम्बरमा छ । गत बुधबार सार्वजनिक ‘मनमा पिर’बोलको गीतले पनि युट्युब ट्रन्डिङमा स्थान जमाएको छ । रामजी खाँड र प्रविशा अधिकारीको स्वर रहेको गीतको भिडियोले २ लाख ७५ हजार भ्युज पाउँदै ट्रेन्डिङ १६ औं स्थानमा छ । यो गीत ट्रेन्डिङमा संगीततर्फ भने ५ औं नम्बरमा छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा बादल घिमिरे र प्रियना आचार्यको अभिनय छ । यी बाहेक केही गीतहरु संगीततर्फ ट्रेन्डिङमा परेका छन् । तीन साता अघि प्रमोद खरेलको स्वरमा सार्वजनिक ‘धोकेबाजको राज्य’संगीततर्फ ट्रेन्डिङ ७ नम्बरमा छ ।

बालेन शाहको सपोर्टमा ल्याईएको ‘लौरी टेकौँला’, सुशान्त केसीको ‘याद’, रचनामा रिमालको स्वरमा रहेको ‘चाहान्छु २’ लगायतका गीतहरु संगीततर्फ ट्रेन्डिङमा छन् । राजेश हमालको अभिनय रहेको ‘गुन्द्रुक तिउन’बोलको गीत पनि संगीततर्फ ट्रेन्डिङमा परेको छ । यो गीत बिहीबार राजेशको जन्मदिन पारेर सार्वजनिक गरिएको थियो ।