चलचित्र ‘डलर एयूडी’ निर्माणको घोषणा



काठमाडौं । ‘डलर एयूडी’ नामक चलचित्र निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथामा रहेर चलचित्र निर्माण गर्न लागिएको जानकारी दिईएको हो ।

देवकुमार श्रेष्ठको निर्देशनमा सन्तोष अधिकारीले चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ । अस्ट्रेलियामा पैसा कमाउनका लागि विद्यार्थी र गैरआवासीय नेपालीले गर्ने संघर्षलाई चलचित्रमा चित्रण गरिने जानकारी दिईयो । चर्चित चलचित्र ‘आमा’मा सह–लगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । अधिकांश छायांकन अष्ट्रेलियामा हुने बताइएको चलचित्रको कथा अधिकारीले नै लेखेका हुन् भने पट्कथा चे शंकरले तयार पारेका हुन् ।

कार्यशाला गरेर असार अन्त्यदेखि चलचित्रको छायांकन सुरु गरिने जनाईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.