एकै परिवारको दुइ एल्बम हाम्रो भेट र जुनी जुनीको लागि


kunti-moktan-bi
(सेलिब्रेटी नेपाल) ९ असार-नेपाली संगीत क्षेत्रमा विगत लामो समयदेखि स्थापित हुँदै आएको शिलाबहादुर र कुन्ती मोक्तानको १३ औं एकल एल्बम ‘हाम्रो भेट’ र शितल शुवानी मोक्तानको तेस्रो एकल एल्बम ‘जुनी जुनीको लागि’लाई शनिवार राजधानीमा सार्बजनिक गरिएको छ।

डा. भोला रिजालको रचना, शिलाबहादुरको संगीत र कुन्तीको स्वर रहेको हाम्रो भेट तथा मोक्तान दम्पतीका सुपुत्रीद्वय शितल र सुवानीको शब्द संगीत, स्वरमा तयार पारिएको एल्बम जुनी जुनीको लागि नेपाली संगीत क्षेत्रका अग्रज स्रष्टाले सार्वजनिक गर्दा मोक्तान परिवार प्रफुल्लित थियो। दुवै एल्बमको गीतकार रत्नशमशेर थापा, राजेन्द्र थापा, संगीतकार शम्भुजित बास्कोटालगायतले संयुक्त रुपमा विमोचन गरेका थिए।

shita-suwani-bi
हाम्रो भेट एल्बममा भेट होला जब, डाँफे मुनाल, जती मरीमेटे पनि, हाँसी देऊ वनपाखा, आमाको काखैमा, तिमी नहुँदा, आमा सधैं, म हुँ नेपाली, नारी पुरुष र रिमझिम रिमझिम बोलका गीत छन् भने जुनीजुनीको लागि एल्बममा जुनी जुनीको लागि, थाहा छ, फसें मायामा, सायद, माया कहिले मर्दैन, तिमीलाई नै, सुन मेरो आवाज र तिम्रो जीवनमा बोलका गीत छन्। कार्यक्रममा दुवै एल्बमको दुई दुईवटा गीतको म्युजिक भिडियो पनि देखाईएको थियो।

संगीतकार शिलाबहादुरले हाम्रो भेट एल्बममा लोक, आधुनिक, राष्ट्रियभाव दिने किसिमका संगीत रहेको र जुनीजुनीको लागि एल्बममा पप फ्लेवरका संगीत रहेको बताए।संगीतकार बास्कोटाले एल्बमको समिक्षा गर्दै खुलेर सांगीतिक परिवारको प्रसंशा गरे र बरिस्ठ श्रस्टा हरुले पनि कुन्तीको स्वरको प्रसंशा गर्ने गरेको कुरा स्मरण गराए। गीतकार रत्नशमशेरले शितलसुवानीले गीतको शब्दलाई प्रष्ट बुझ्ने गरी गाउन सुझाव दिएका थिए। दुवै एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.