‘वेलकम टु हेम्जाकोट’ को पहिलो गीत सार्वजनीक(भिडियो)



काठमाडौँ। चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’ बोलको गीत सार्वजनीक गरिएको छ । सरोज पौडेलको लेखन र निर्देशनमा निर्माण भएको चलचित्रको आइटम गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् । कार्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र गीतको भिडियो बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

गीतमा गम्भीर बिस्टले कोरियोग्राफी, उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ । संगीतकार सागरले सबैलाई मनपर्ने खालको गीत तयार गरेको बताए । उनले आफ्नो चलचित्र संगीतको यात्रा धेरै लामो नभए तापनि यसप्रकारका गीतले आफूलाई स्थापीत गराउने बिश्वास ब्यक्त गरे । गायक उदेशले ‘लोफर’ पछि आफू यही चलचित्रबाट पुनः पार्श्व गायनमा प्रस्तुत भएको बताए । त्यसैगरी, निर्देशक पौडेलले आफूले निकै मेहनत गरेर ‘वेलकम टु हेम्जाकोट’ निर्माण गरेकाले आमदर्शकको मन जित्नेमा ढुक्क रहेको बताए ।

तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको चलचित्रमा बिनोदन्यौपाने,अम्बिका तामाङ, सुजैरा कार्की ,अस्मिता पन्तका साथमा बुद्धि तामाङ,शारदा गिरी,बिशाल पहाडी,रबि गिरी,सन्दिप सिग्देल र स्व. जयनन्द लामाले अभिनय गरेका छन् । प्रवीण राई,रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ । भ्वाइस अफ नेपाल म्युजिक इन्डस्ट्रिजले आजको प्रेस मिटको सम्पूर्ण ब्यबस्थापन गरेको थियो।