हलमा सुपर फ्लप फिल्म ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउने घोषणा



काठमाडौं । फिल्म ‘डाँडाको वरपीपल २’ निर्माण हुने भएको छ । शोभित बस्नेतको निर्देशनमा फिल्म निर्माण हुने भएको हो । यद्यपि शोभितको निर्देशन, सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको फिल्म ‘डाँडाको वरपीपल’ भने हलमा सुपर फ्लप भएको थियो ।

हलमा दर्शकको उपस्थति कमजोर देखिएपनि युट्युबमा सकारात्मक प्रतिक्रियासहित उल्लेख्य भ्युज आएकाले यो फिल्मको सिक्वेल बनाउन लागिएको शोभितले बताएका छन् । फिल्मबाट अन्य केही टुंगो भने लागिनसकेको उनले बताए ।
गत असोजमा हलमा प्रदर्शनमा आएको ‘डाँडाको वरपीपल’ केही दिनअघि युट्युबमा सार्वजनिक गरिएको छ । फिल्मले राम्रो भ्युज पाउँदै ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरिरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.