जनकविकेशरी धर्मराज थापाको स्वास्थ्य अवस्था गम्भीर


dharmaraj_thapa
(सेलिब्रेटी नेपाल) ८ असार-जनकविकेशरी धर्मराज थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । गत जेठ २९ गतेदेखि वीर अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका थापाको मुटुको धड्कनमा समस्या थपिएको अस्पताल स्रोतले जनाएको छ। उच्च रक्तचाप,मधुमेह,मस्तिष्क पक्षाघातलगायत रोगबाट ग्रसित भएपछि थापाको अस्पतालमा उपचार सुरु गरिएको थियो।

उनका छोरा डा बुलन्द थापाले जनकविकेशरीको स्वास्थ्यमा अघिल्लो दिनदेखि एकाएक समस्या देखा परेपछि पछिल्लो पटक सामान्य अवस्थाभन्दा तीव्र गतिमा मुटुको धड्कन बढेको र उपचारमा जटिलता थपिएको जानकारी दिए । विसं १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मीएका थापाको उपचारमा डा मधुदेव भट्टराईको नेतृत्वमा चिकित्सकको समूह क्रियाशील रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.