हलमा ‘सुपर फ्लप’ फिल्म ‘डाँडाको वर पिपल’ युट्युबमा हिट, ट्रेन्डिङको १ नम्बरमा



काठमाडौं । नेपाली कथानक चलचित्र ‘डाँडाको वर पिपल’ यतिबेला युट्युबमा सार्वजनिक भइसकेको छ । गत शनिबार युट्युबमा सार्वजनिक चलचित्रले लोभलाग्दो भ्युज पाईरहेको छ । यो चलचित्र गत वर्षको असोजमा हलमा प्रदर्शनमा आएको थियो । हल प्रदर्शनमा चलचित्र सुपर फ्लप भएको थियो । हलमा दर्शक नभएको चलचित्रले युट्युबमा भने लोभलाग्दो भ्युज पाईरहेको हो । सार्वजनिक भएको ३ दिनमा मंगलबार बिहानसम्म चलचित्रलाई १३ लाख ३५ हजार बढीले हेरिसकेका छन् । चलचित्र अहिले युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ ।

शोभित बस्नेतको निर्देशनमा तयार चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा लगायतका कलाकारको अभिनय छ । पारिवारिक कथामा बनेको चलचित्र नवराज गिरीले निर्माण गरेका हुन् ।
चलचित्रको प्रचारप्रचारको समयमा ‘महानायक’ विवाद चर्किएको थियो । चलचित्रका निर्देशक बस्नेत, अभिनेताहरू भुवन र शिवले निकालेको ‘महानायक’को विवादमा पछि शोभितले माफी नै माग्नुपरेको थियो । सोही विवादका कारण पनि हलमा चलचित्रको व्यापारमा असर गरेको धेरैले अनुमान गरेका थिए ।

हलमा फ्लप चलचित्रले युट्युबमा राम्रो भ्युज पाउनु भने नौलो कुरा होइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.