सिक्किममा ‘कबड्डी ४’ प्रदर्शन गर्न नदिने घोषणा [भिडियोसहित]



काठमाडौं । नेपालमा बम्पर ब्यापार गरिरहेको नेपाली फिल्म ‘कबड्डी ४’ सिक्किममा प्रदर्शन नगर्न अपिल गरिएको छ । त्यहाँ रहेका लामा समुदायहरुले अहिलेको अवस्थामा फिल्मलाई सिक्किममा प्रदर्शन नगर्न अपिल गरेका हुन् ।

‘कबड्डी ४’ असार २ गतेदेखि सिक्किम लगायत भारतका एक दर्जन बढी सहरमा प्रदर्शन हुने घोषणा गरिएको थियो ।

सिक्किममा आयोजित पत्रकार सम्मेलनमा सिक्किममा ‘कबड्डी ४’ रिलिज भएको खण्डमा यहाँ रहेका लामाहरु सडकमा उत्रिने चेतावनी दिईएको छ । पत्रकार सम्मेलनमा भनिएकोे छ ‘हलहरु तोडफोड भएको खण्डमा हामी सिक्किमका लामाहरु जिम्मेवार हुने छैनौं ।’

‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगरले काठमाडौंस्थित सिभिल मलमा चलचित्र हेरेर फर्किने क्रममा आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै बौद्ध भिक्षु फुर्पा तामाङमाथि थप्पड हानेकी थिइन् । साथै, उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् । यो प्रकरणमा दुई दिनपछि मिलापत्र भएको थियो । चलचित्रको व्यापार नै प्रभावित हुने अवस्था आएपछि निर्माण टिमले नै संयोजन गरेर दुई पक्षबीच समझदारी गराएको थियो । तर, मिलापत्र भएपनि यो प्रकरण सेलाएको छैन् ।

यो प्रकरणले चलचित्रको व्यापारमा केही असर गर्ने आँकलन गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.