नेपाल चलचित्र संघको अध्यक्ष पदमा बिरेन्द्र नारायण श्रेष्ठ सर्व सम्मत



काठमाडौँ। नेपाल चलचित्र संघको आज सम्पन्न ४७ औँ वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा बिरेन्द्र नारायण श्रेष्ठ सर्व सम्मत निर्वाचित भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेर सुभारम्भ भएको सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा चलचित्रकर्मिको उपस्थिति रहेको थियो। अध्यक्ष सहित अन्य १३ सदस्य निर्बिरोध चयन भएका छन्। निर्वाचित सदस्यहरुबाट नै कार्यसमिति पधाधिकारी चयन गर्ने संस्थाको बिधान रहेको छ। निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट अन्य पधाधिकारी चयन गरिनेछ।

निर्वाचित सदस्यहरुमा गोपालकाजी कायस्थ,गोबिन्द शाही,कपिल प्रसाद द्वा,राज कुमार श्रेष्ठ,ओम जैसी,नरेन्द्र महर्जन,कुवेर शर्मा,भास्कर ढुंगाना,प्रज्वल शमशेर जवरा,निरज कार्की,सुरेन्द्र कुमार थापा,चैतन्य प्रसाद बराल र युवराज प्रसाईं रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.