चलचित्र ‘सम्झना बिर्सना’ असार ३१ देखि प्रदर्शनमा आउने



काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’को नयाँ प्रदर्शन मिति तय गरिएको छ ।

चलचित्र अब असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको हो । शनिबार चलचित्रको दुई पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि जेठ ६ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, स्थानीय तह निर्वाचनको माहोललाई मध्येनजर गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो ।

निमेश प्रधानको लेखन तथा निर्देशन रहेको ‘सम्झना बिर्सना’को निर्माता आदित्य प्रधान र रेविका प्रधान हुन् । प्रेमकथामा निर्माण गरिएको भनिएको चलचित्रमा आकाश र पूजाका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय छ । ‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन, कमल राईले कोरियोग्राफी एवं तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् ।

भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा यो चलचित्र खिचिएको हो ।