‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक



काठमाडौँ। चलचित्र ‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवानी मोक्तानको स्वर, सुरेश अधिकारीको संगीत र हरि उप्रेतीको शब्द गीतमा छ । अवी वाग्लेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई भारतको गोवामा खिचिएको हो । भिडियोमा चलचित्रका मुख्य ३ अभिनेत्री आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसी बोल्ड अवतारमा प्रस्तुत भएका छन् ।

मौनता श्रेष्ठ निर्मित चलचित्र साउन २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । मदन घिमिरेको निर्देशन रहेको चलचित्रले नारी शक्तिको कथा भन्छ । मौनता श्रेष्ठको लेखन तथा निर्माणमा तयार चलचित्र ओम साई भक्त मूभि प्रालिको ब्यानरमा बनेको हो । चलचित्रमा रवि गिरी, पुस्कर राउत, सञ्जित भण्डारी, सोनी बिसी, आरती आचार्य, यांशु श्रेष्ठ, विन्दिया ठकुरी, रुपा केसी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा रामशरण उप्रेतीको छायाङ्कन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत छ । प्रेम चुल्ठेको द्धन्द्ध रहेको चलचित्रको सम्पादक मन्दिल श्रेष्ठ हुन् ।