विश्व संगीत दिवसको अबसरमा चार जना स्रस्टा सम्मानित


ambur-gurung-fatteman
(सेलिब्रेटी नेपाल) ७ असार-विश्व संगीत दिवसको अबसर पारेर नेपाल सांगीतिक संघले आज एक कार्यक्रमको आयोजना गरि विभिन्न चार जना स्रस्टा लाई सम्मान गरेको छ। संगीत दिवसको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, गायक फत्तेमान राजभण्डारी, संगीतकार अम्बर गुरुङ, बाद्यवादक गोपालनाथ योगी सम्मानित हुनु भएको हो। गीतसंगीतको क्षेत्रमा रहेका गायकगायिका,गीतकार, संगीतकारको हकअधिकारका लागि खुलेको साङ्गीतिक संघको भर्खरै निर्वाचित नयाँ कार्यसमितिले आफ्नो पहिलो कार्यक्रमका रुपमा सांगीतिक कार्यक्रमको आयोजना गरि स्रस्टाहरु लाई सम्मान गरेको हो। सङ्गीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज, संगीत उद्योग संघ, प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलगायतका संघसंस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रमलाई हिमालय टेलिभिजन र स्टार एफ एम बाट प्रत्यक्ष प्रशारण गरिएको थियो।
ambar-gurung-samman
कार्यक्रममा विभिन्न गायक गायिका हरुको सांगीतिक प्रस्तुतिले उपस्थित दर्शक हरुको मन जितेका थिए। राष्ट्रकवि माधवप्रसाद घिमिरे आफ्नो स्वास्थ्य अबस्थाका कारण कार्यक्रममा उपस्थित हुन सक्नु भएको थिएन। कार्यक्रममा विभिन्न बरिस्ठ व्यक्तित्व हरुको उपस्थिति रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.