हाँस्य टेलिसिरियल ‘अति भो’ ले प्रशारणको १०० भाग पूरा गर्यो 



काठमाडौं । हाँस्य टेलिसिरियल ‘अति भो’ले आफ्नो प्रशारणको १ सय भाग पूरा गरेको छ । नेपाल टेलिभिजनमा हरेक आईतबार राती प्रशारण हुँदै आएको सिरियलले यसैसाता १ सय भाग पूरा गरेको हो । सुरज खनालले निर्देशन गर्दै आएको सिरियलमा रियाशा दाहाल मुख्य भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् । उनी सुरुवातदेखि नै सिरियलमा नियमित देखिँदै आएकी छिन् ।

त्यस्तै सुरज खनाल, शर्मीला शर्मा, बिमला गिरी, लक्ष्मण बस्नेत, रिता शिवाकोटी, शिवराज तिमल्सेना, सुबु शाही, धनराम मुस्कान, रोशनी कार्की लगायतको अभिनय सिरियलमा रहँदै आएको छ । सिरियलको लेखन निर्देशक खनाल र ओकेश पनेरुले गर्दै आएका छन् । १०० भाग पूरा भएको उपलक्ष्यमा निर्माण टिमले केक समेट काटेर खुशीयाली समेत साटेको थियो । निर्देशक खनालले आउँदा दिनमा सिरियललाई अझै पृथक र नयाँ तरिकाले दर्शकमाझ लैजाने बताए ।

सिरियललाई मिडिया हब प्रा.लीले प्रस्तुत गर्दै आएको छ । टेलिभिजनमा प्रशारणपश्चात मिडिया हबकै युट्युब च्यानलमा सिरियल सार्वजनिक हुने गर्दछ ।