‘प्रकाश’को टिजर हेरेपछि निर्देशक दीपेन्द्र लामा लेख्छन्, : प्रदीप खड्काको हिम्मत सराहनिय छ



काठमाडौं । ‘प्रकाश’ फिल्मको टिजरले फिल्मकर्मी संगै दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ । धेरैले अग्र्यानिक कथा एवं मनछुने अभिनय रहेको प्रतिक्रिया दिएका छन् । प्रदीप खड्का र दीया मास्केको अभिनयलाई अधिकांशले मनछुने रहेको बताएका छन् । यस्तैमा ‘छक्का पन्जा’ फेम्ड निर्देशक दीपेन्द्र लामाले ‘प्रकाश’को टिजरले नेपाली फिल्मको उचाइ र आयाम बढ्न लागेको महसुस गराउने बताएका छन् । साथै उनले प्रदीप खड्काको हिम्मत सराहनिय रहेको समेत बताएका छन् ।

‘नेपाली फिल्मको उचाइ र आयाम बढ्न लागेको महसुस गराउँछ ‘प्रकाश’ फिल्मको टिजरले’ बुधबार टिजर फेसबुक वालमा शेयर गर्दै उनी लेख्छन् ‘जीवन नै नभएका कस्मेटिक लभस्टोरी फिल्महरुको चक्रव्यूहलाई तोड्न प्रयास गरेका अभिनेता प्रदीप खड्काको हिम्मत सराहनिय छ । निर्देशक दिनेश राउत र निर्माता महेन्द्र अधिकारीको टिमलाई शुभकामना ।’ प्रकाश फिल्म आगामी भदौ १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.