यो हप्ता ढुकुटी सँग अप्रिल फुल भिडन्त


april-fool-poster
 (सेलिब्रेटी नेपाल) ७ असार-प्रत्येक हप्ता ३-४ वटा चलचित्र रिलिज भई रहने नेपाली चलचित्र बजारमा यो हप्ता भने  दुई मात्र नयाँ चलचित्र सार्वजनिक प्रदर्शनमा आएका छन् । ‘ढुकुटी’, र ‘अप्रिल फुल ’ दुइ चलचित्र प्रदर्शनमा आएका हुन्। ‘ढुकुटी’ डिके पुन मगरको निर्देशनमा बनेको चलचित्र हो भने ‘अप्रिल फुल ’ भद्र भुजेलको निर्देशनमा तयार हो ।
‘ढुकुटी’ अवैध रूपमा खेलिने पैसाको खेल ढुकुटीका विविध पक्ष उजार गर्ने उद्देश्यले निर्माण भएको चलचित्र हो । देशभर एकैसाथ प्रर्दशनमा आएको चलचित्रमा झरना थापा, धिरेन शाक्य, रमा थपलिया, डोल्मा लगायत कलाकारको मुख्य भूमिकामा अभिनय छ । चलचित्रको कथा, पटकथा, संवाद र गीत रेशम सापकोटाले तयार पारेका हुन् ।
थर्ड टिम फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘अप्रिल फुल’सेन्सर बोडबाट एडल्ट सटिफिर्केट पाएको चलचित्र हो । नजिकका साथीहरुलाई ढाटेर रमाइलो गर्ने अप्रिल फस्टको लापरवाहीले जीवनमा कति ठुलो समस्या ल्याउछ भनेर निर्माण  गरिएको यस चलचित्र ‘अप्रिल फुल’ देशव्यापी रुपमा प्रर्दशनमा आउन लागेको हो ।सुमिना घिमिरे, कुमार लामिछाने, बिनोद न्यौपाने, मनोज लामिछाने, महिमा सिलवाल, किरण्ँ न्यौपाने, देशभक्त खनालको लगायत कलाकारको चलचित्रमा मुख्य भुमिका रहेको  छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.